अस्ट्रेलियाबाट डेढ लाख पर्यटक भित्र्याइने, यसरी गरिदैछ प्रचार-प्रसार

दियो पोस्ट  

काठमाडौँ । बिभिन्न उद्धेश्यका साथ अष्ट्रेलियामा बसोवास गर्ने गैर-आवाशीय नेपालीहरु ‘भ्रमण वर्ष २०२०’ को प्रचार प्रसारमा जुटेका छन् । जनवरी ७ तारिखका दिन पर्यटन मन्त्री योगेश भट्टराईले सिड्नीबाट भ्रमण वर्षको उद्घाटन गरे पछि त्यहाँस्थित राजदुताबास र महावाणिज्य दुतको सहकार्यमा नेपालीहरु प्रचार प्रसार अभियानमा जुटेका हुन् ।

“हामी अष्ट्रेलियामा नेपाललाई चिनाउँदै भ्रमण वर्षलाई सार्थक बनाउनका लागि तत्पर छौँ, एक जना नेपालीले एक जना पर्यटक नेपाल पठाउने हाम्रो अभियान हो ।” अष्ट्रेलियास्थित गैर-आवाशीय संघका सदस्य तथा अभियानकर्ता डा. मोम बिश्वकर्माले अभियानका बारेमा जानकारी दिए । उनले २० लाख पर्यटक नेपाल भित्र्याउने सकारको लक्ष्यलाई आफुहरुले अष्ट्रेलियाबाट पनि साथ दिएकाे बताए ।

अष्ट्रेलियामा मात्रै डेड लाख नेपालीहरु बसोबास गर्दै आएका छन् । प्रत्येक नेपालीले एक जना पर्यटक नेपाल पठाउने हो भने डेड लाख पर्यटक नेपाल आउनेछन् । यसका लागि अष्ट्रेलियास्थित राजदुताबास र महावाण्ज्यि दुतको कार्यलयले पहल गरेको बिश्वकर्माले जानकारी दिए ।

प्रत्येक नेपालीलाई भ्रमणवर्ष अंकित टिसर्ट, झोला र ब्रोसर उपलब्ध गराईसकेको र उनीहरुले बिदेशीलाई नेपालबारेमा प्रचार प्रसार गरि पर्यटकलाई नेपाल पठाउन पहल गर्ने उनको भनाई छ ।