काठमाडौँ, पुष २६ । एटिएम मेसिन फुटाइरहेका एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार पुतलीसडकमा रहेको माछापुच्छ्रे बैँकको एटिएम फुटाइरहेको अवस्थामा जाजरकोट त्रिवेणी नगरपालिका–६ घर भएका २४ बर्षीय तिलक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनलाई एटिएम मेसिनको स्क्रिन फुटाउँदै गर्दा पक्राउ गरेको हो ।
उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।