दुई तिहाईबाट पारित भएपछि प्रदेश ३ को नाम ‘बागमती’ घोषणा

दियो पोस्ट  

काठमाडौँ , पुष २७ । प्रदेश नम्बर ३ को नाम बागमती घोषणा भएको छ । प्रदेश सभाको आइतबार बसेको वैठकले प्रदेश ३ को नाम बागमती राख्ने प्रस्तावलाई दुई तिहाईले अनुमोदन गरेको हो । प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रस्तावलाई १ सय ८ मत सहित दुई तिहाई मतले पारित गेरेको हो ।

प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।