प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा

दियो पोस्ट  

काठमाडौँ, पुष २७ । प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा भएको छ । प्रदेशको राजधानी हेटौँडा राख्ने मुख्य मन्त्री डोरमणी पौडेलको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो ।

प्रदेश सभाका कुल १ सय १० सांसदमध्य १ सय ५ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । आइतबारको प्रदेश सभा वैठकमा १ सय ८ सांसद उपस्थित भएका थिए । त्यसमध्य हेटौडालाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।

सिफारिस