बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डसामु उपसभामुखले भनिन्, ‘जे गर्नु छ गर्नुस् म राजिनामा दिन्नँ’

दियो पोस्ट  

काठमाडौँ, पुष २७ । उपसभामुख शिवमाया तुम्बाहाङफेले आफु कुनैपनि हालतमा राजिनामा नगर्ने पक्षमा रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफु उपसभामुख पदबाट राजिनामा गर्न नसक्ने बताएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा उपसभामुखले आफु पदबाट राजिनामा नदिने स्पष्ठ पारेका हुन् ।

नेकपा नेतृत्वले सभामुखको चयनका लागि मार्गप्रशस्त गर्नका लागि उपसभामुखलाई जिम्मेवारबाट हटाउन लागेको हो । सभामुख र उपसभामुख एकै पार्टीबाट बनाउन नसकिने संवैधानिक व्यवस्था अनुसार नेकपाले सभामुखमा आफ्नो दलको व्यक्ति पठाउनका लागि उपसभामुखलाई पदबाट हटाउन लागेको हो ।

उपसभामुख तुम्बाहाङफेले आफुलाई सभामुख पदका लागि उम्मेदवार बनाएको खण्डमा मात्र पदबाट राजिनामा दिने सर्त अघि सारेकी छिन् । यता प्रधानमन्त्री ओली पुर्वसभामुख सुबास नेम्बाङलाई पुन सभामुख बनाउन चाहन्छन् भने अध्यक्ष प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउन चाहन्छन् ।

नेकपाको सचिवालय वैठकले समेत उपसभामुख तुम्बाहाङफेलाई पदबाट राजिनामा दिनुपर्ने निर्णय गरेको थियो । तर सचिवालय वैठकको निर्णय समेत उपसभामुखले नमानेपछि पार्टी नेतृत्व संकटमा परेको छ । अध्यक्षद्वय उपसभामुखसँग पुन एकपटक छलफल गरेर निकास निकाल्ने तयारीमा रहेको छ ।

सभामुख को बन्ने भन्ने निर्णय हुँदा सरकारले विभिन्न महत्वपुर्ण विषमा निर्णय गर्न सकेको छैन ।