दुर्घटना न्युनिकरणका लागि टिपर चालकलाई ९ बुँदे सपथ

दुर्घटना न्युनिकरणका लागि टिपर चालकलाई ९ बुँदे सपथ

काभ्रे, पुष २८ । काभ्रेमा ५० जना टिपर चालकले विश्वकर्मा बाबाको नाम लिँदै ९ बुँदे सपथ खाएका छन् । सोमबार काभ्रेमा आयोजित कार्यक्रममा जिल्लाका टिपर चालकहरुले दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमको पालना गर्छु भन्दै सपथ ग्रहण गरेका हुन् ।

उनिलाई वेनपा ट्राफिक कार्यलयका इन्सपेक्टर विशाल तामाङले सपथ खुवाएका हुन् । यसबाट दुर्घटना नियन्त्रणमा केही सकारात्मक प्रभाव पर्ने उनले बताएका छन्

भिजिट नेपालको प्रचारप्रसारका लागि भएको कार्यक्रममा जिल्लाभरिका टिप्पर चालकहरु उपस्थित भएका थिए । सपथ खुवाउने कार्यक्रम भोली पनि चल्ने छ ।

यस्तो छ सपथका बुँदा

टिपर गाडी नम्बर ………….. का चालक म……………………… सपथ गर्छु।

१. मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी चलाउँदिनँ।

२. गाडीमा संगितको उफर तथा झल्लर र सिसामा स्टिकर राख्दिनँ।

३. बस्ती क्षेत्रमा प्रेसर हर्न बजाउँदिनँ। जथाभावी ओभरटेक तथा पार्किङ गर्दिनँ।

४. पानी चुहाएर सामान ढुवानी गर्दिनँ। ओभरलोड समान बोक्दिनँ।

५.गाडी चलाउनु अगाडि गाडी चेकजाँच गर्नेछु। क्याबिन र ढालामा यात्री राख्दिनँ।

६. तीव्र गतिमा गाडी चलाउँदिनँ। गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ।

७. आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिनेछु।

८. गाडीको कागज पत्र सधै साथमा राख्नेछु। ट्रफिक नियमको पालाना गर्नेछु।

९. भिजिट नेपाल २०२०को प्रचार प्रसारको लागि मेरो गाडीमा स्टिकर टाँस्नेछु।

Trending News