एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भालभर्डे बर्खास्त भएका छन् । उनको स्थानमा रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिन नियुक्त भएका छन् । बार्सिलोनाले सेटिनलाई साढे २ बर्षको सम्झौता गर्दै क्लव भित्र्याएको हो ।
स्पेनिस सुपर कपको सेमिफाइनलमा बार्सिलोना पराजित भएपछि भालभर्डे बर्खास्तीमा परेका हुन् । उनको अवधीभर क्ववलाई पुर्याएको सहयोगको निम्ति धन्यवाद ज्ञापन गर्दै बार्सिलोनाले उनिसँग गरेको सम्झौता समाप्त गरेको हो ।
५५ बर्षका भल्भर्डेले दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएका थिए । उनले बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा राख्न समेत सफल थिए । तर च्याम्पियन्स लिगको फाईनल पुग्न टिम असफल बनेको थियो ।
६१ बर्षमा सेटिनले सन् २००५ मा कोपा डेल रेको सेमिफाईनल पुग्दै टिम छाडेका थिए ।
गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलको खेलमा लिभपुरसंग पराजित भएपछि भल्भर्डे दबाबमा परेका थिए । पहिलो लेगमा ३–० ले जितेपनि दोस्रो सम्हालिन नसक्दा उनी बर्खास्तीको सूचिमा उक्लिएका थिए ।
उनी कोपा डेल रेको फाईनलमा भ्यालेन्सियासंग पराजित समेत भएका थिए ।