गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

काठमाडौँ, पुष २९ । गायक निशान भट्टराईको कार दुर्घटनामा परि मृत्यु भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् ।

Trending News