काठमाडौँ, पुष २९ । सार्वजनिक बसमा हस्तमैथुन गरि युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक संजालमा अपलोड गर्ने युवक पक्राउ परेको छ । महानगरिय अपराध महाशाखाले घटनाको एक बर्षपछि अभियुक्तलाई पक्राउ गरेको हो ।
एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।
पक्राउ परेका अभियुक्तलाई महानगरिय अपराध महाशाखाले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।