सार्वजनिक बसमा अश्लिल हर्कत, पैसा कमाउन सामाजिक संजाल र पोर्नसाईटमा भिडियो अपलोड !

सार्वजनिक बसमा अश्लिल हर्कत, पैसा कमाउन सामाजिक संजाल र पोर्नसाईटमा भिडियो अपलोड !

काठमाडौँ, पुष २९ । महानगरिय अपराध महाशाखाले एक बर्षपछि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । मंगलबार महाशाखाको कार्यलयमा पत्रकार सम्मेलन गर्दै घटनाका अभियुक्त तनहुँ अरुणोदयका २१ बर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार रुचाललाई चितवन स्थित भरतपुर उपमहानगरपालिकाको विकास चोकबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यलय चितवनको समन्वयमा रुचाललाई सोमबार पक्राउ गरि काठमाडौँ ल्याइएको हो ।

गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले उक्त भिडियो वोमेन्स वारियर तथा विभिन्न पोर्नसाइटमा अपलोड गरेका थिए । अपलोड भएपछि सामाजिक संजालमार्फत नै उनीमाथि गालीगलौज हुन थालेको थियो । घटनालगत्तै महिला अधिकारकर्मी र सामाजिक अभियन्ताहरुले सामाजिक संजाल र सार्वजनिक मंचबाट नै विरोध गर्न थालेपछि उनि गत बर्षकै फेब्रुअरीमा भारत भागेका थिए ।

भारत पुगेर उनले नयाँ दिल्लीस्थित मःम फ्याक्ट्रीमा तीन महिना काम गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यसपछि उनि त्यहाँबाट कास्मिर गई ४ महिना बसेर २÷३ महिनाअघि नेपाल फर्किएका हुन् । नेपाल प्रहरीले प्राविधिक अनुसन्धानबाट घटनासँग सम्बन्धीत च्याट, फेसबुक पोष्ट र मेसेज समेत गरिएको भेटिएपछि उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार रविन रुचेलले सामाजिक संजाल र पोर्न साइटहरुमा भ्युअर बढाएर पैसा कमाउने उद्धेश्यले उक्त हर्कत गरेको प्रहरीले जनाएको छ । उनले त्यस्ता अन्य भिडियोहरु पनि अपलोड गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । सार्वजनिक बसको हर्कतबारे उनले सामाजिक संजाल मार्फत नै माफी मागेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Trending News