खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटियो

दियोपोस्ट संवाददाता

विराटनगर, माघ १ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा एक महिलाको शव भेटिएको हो । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ ।

सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको सुनसरी प्रहरीले जनाएको छ । अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ । केही दिनअघि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।