देवघाटमा प्रहरीको गाडी दुर्घटनाः एक जवानको मृत्यु, ३१ जना घाइते

दियो पोस्ट  

चितवन, माघ १ । तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटीमा प्रहरी सवार ट्रक दुर्घटना भएको छ । देवघाटको माघे संक्रान्ती मेलाको सुरक्षाका लागि आएका प्रहरी सवार भएको भएको ट्रक दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

पोखराबाट आएको बा १ ग २११८ नम्बरको गाडी फर्कने क्रममा दासढुंगा पुलपारी घुम्तिमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीले ज्यान गुमाएका हुन् । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।