काठमाडौँ, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुमाथि १७ हजार मानिस मारेको भन्ने आरोप निराधार भएको स्पष्टीकरण दिएका छन् । बुधबार टुँडिखेलमा माघि महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले १७ हजार मानिस मारेको नभई तात्कालिन राज्यसत्ताले १२ हजार निर्दोष नागरिकको हत्या गरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले तात्कालिन माओवादी जनयुद्धमा मारिएका ५ हजार मानिसहररुको जिम्मा चाही आफुले लिने बताए । उनले पटकपटक १७ हजारको झुठो आरोप आफुमाथि नहाल्न अनुरोध समेत गरे । तात्कालिन सामन्ती राज्यसत्ताले १२ हजार मानिस मारेको कुरालाई भने बिर्सेर आफुमाथि गर्दैै नगरेको आरोप लगाएको उनले बताए ।
‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन’ अध्यक्ष प्रचण्डले भने, ‘नगरेको कामको पनि दोष मलाई दिइएको छ, यो सत्य होइन ।’
महोत्सवलाई सम्बोधनको क्रममा उनले रेशम चौधरीलाई चाँडै रिहा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे ।