बालुवाटार जग्गामा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लवले पड्कायो बम

बालुवाटार जग्गामा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लवले  पड्कायो बम

माठमाडौँ, माघ १ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन–१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।

विस्फोटबाट मानवीय क्षति भने नभएको महानगरिय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विस्फोटको जिम्मा विप्लव समुहले लिएको छ । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएपछि विस्फोट विप्लव समुहले गराएको भन्ने बुझिएको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

बालुवाटारको राष्ट्रिय जमिनको अनियमितता बारे पुर्व सचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भुमाफिया किटान गरेकोले ढकालको घरमा सेवोटेज विस्फोट गरिएको उक्त पर्चामा खुलाइएको छ ।

Trending News