शोभाकान्त ढकालको घरमा किन बम विस्फोट ? यस्तो छ विप्लव समुहको स्पष्टोक्ति

शोभाकान्त ढकालको घरमा किन बम विस्फोट ? यस्तो छ विप्लव समुहको स्पष्टोक्ति

काठमाडौँ, माघ १ । बुधबार साँझ काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित शोभाकान्त ढकालको घरमा बम विस्फोट भयो । विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । विस्फोट भएको स्थानमा उनिहरुले पार्टीको पर्चा समेत छाडेका थिए ।

पर्चामा शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउनुको ५ कारण उल्लेख गरिएको छ । बालुवाटार जग्गालाई व्यक्तिको नाममा ल्याएर बेच्ने प्रपञ्चको मुख्य योजनाकार ढकाल नै भएको कारण उनको घरमा विस्फोट गरिएको विप्लव समुहले स्वीकार गरेको छ ।

सरकारले गठन गरेको छानविन समितिले नै ढकाललाई भुमाफियाको उपनाम दिएको कारणपनि उनको घरमा सेवाटेज विस्फोट भएको विप्लव समुहको दावि छ ।

घटनास्थलमा भेटिएको पर्चामा निम्नलिखित कारणहरु उल्लेख गरिएका छन् ।

१. ‘बालुवाटारस्थित ललितानिवास परिसरको करिब १ सय १५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्चको मुख्य योजनाकार भएको ।

२. बालुवाटारको राष्ट्रिय जमिनको अनियमितता बारे पुर्व सचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भुमाफिया किटान गरेकोले

३. जनयुद्धकालमा सुकुम्बासी÷भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेकोले

४. विगतमा एमाले र हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय वा कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवम् लुटखसोट गरेकोले

५. कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पत्तीको लुटखसोट गर्ने योजनाकार भएको पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान के.पी सरकारले कुनै कारवाही नगरेकोले जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले ।

Trending News