काठमाडौँ, माघ २ । जल तथा मौसम विज्ञान विभागले देशभर दुई दिनसम्म पानी पर्ने जनाएको छ । विहीबारदेखि शुक्रबारसम्म राजधानी लगायतका स्थानहरुमा हल्का बर्षा हुने र शनिबार बदली हुने विभागले जनाएको छ ।
पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर सामान्य बर्षा हुने बताइएको छ ।
विभागका अनुसार उच्च हिमाली क्षेत्रहरुमा रातीको समयमा भारि हिमपातको सम्भावन रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले सार्वजनिक गरेको आगामी तिन दिनको मौसम यस्तो रहेको छ ।
माघ २ गते (बिहीबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति: देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रही बाँकी भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति: देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।