फरार दुर्गा प्रसाईलाई जवाफसहित २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

दियो पोस्ट  

काठमाडौँ, माघ २ । पक्राउ पुर्जी जारि भएपछि फरार रहेका बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई लिखित जवाफ सहित २१ दिन भित्र अदालत उपस्थित हुनु भन्दै सुचना जारि गरेको हो ।

विहीबार प्रसाईँबिरुद्ध अदालतले पक्राउ पुर्जी जारि गरेको थियो । उनलाई पक्रन उनको घर पुगेको प्रहरी प्रसाईलाई नभेटेपछि फर्किएको थियो । पक्राउ पुर्जी जारि भएपछि उनि फरार भएका थिए ।

बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए ।

त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

सोही मुद्धाको विषयमा २१ दिनभित्र अदालतमा उपस्थित भई लिखित जवाफ दिन आदेश भएको हो ।