काठमाडौँ, माघ ३ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको बाँकी कामको टुंगो लगाउनका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु बालुवाटारमा उपस्थित भएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग छलफल गरेका हन् ।
शान्ती प्रकृयालाई टुंंगोमा पुर्याउनका लागि रिक्त रहेको सत्यनिरुपण र वेपत्ता छानविनलाई पुर्णता दिनका लागि छलफल भएको थियो ।
छलफलपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग सभामुखबारे छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।