आस्था राउतबिरुद्ध अभद्र व्यवहारको मुद्धा चलाईने, यस्तो छ कानुनी व्यवस्था

दियो पोस्ट  

काठमाडौँ, माघ ३ । गायिका आस्था राउतबिरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुद्धा चलाउने भएको छ । विहीबार विमानस्थलको आन्तरिक उडानतर्फ कार्यरत महिला प्रहरी अधिकारी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेको राउतमाथि गालीगलौज र अभद्र व्यवहार कसुर मा अनुसन्धान थालिएको हो ।

पीडित महिलाले महानगरिय प्रहरी कार्यलय रानीपोखरीमा राउतबिरुद्ध उजुरी दिएकी थिईन् । उजुरीपछि महानगरिय प्रहरी परिसर काठमाडौँले अनुसन्धान घटनाको अनुसन्धान थालेको हो । प्रहरी प्रधान कार्यलयले शुक्रबार विमानस्थलको सिसिटिभी फुटेज झिकाएर कसुरदारलाई कारवाहीको दायरामा ल्याउन परिसरलाई निर्देशन दिएको हो ।

अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्ने बताए।

विमानस्थलमा महिला प्रहरीले आफुलाई अभद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका आस्था राउतले फेसबुकमार्फत प्रहरी संगठनलाई गाली गरेकी थिईन् । उनले प्रहरी मेरो साथी भन्ने नारा समेत हटाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेकी थिईन् । फेसबुक लाइभमार्फत उनले प्रहरीका उच्च अहोदाका अधिकारीहरुले तल्लो तहका कर्मचारीहरुलाई संस्कार सिकाउन आग्रह गर्दै आफुलाई कसैले तँ भनेको सह्य नहुने बताएकी थिईन् ।

उनले फेसबुक मार्फत नै माफी समेत मागिसकेकी छिन् । ‘रिसको झोँकमा वेद पढिँदैन इनअप्रोप्रियट वर्ड्सका लागि क्षमा माग्न चाहन्छु’ उनले भनेकी छिन् ।