काठमाडौँ, माघ ३ । विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापाको निधन भएको छ । शुक्रबार मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
निमोनियाका कारण अस्पताल भर्ना भएका खगेन्द्रलाई बिहीबारदेखि आइसीयूमा राखेर उपचार गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो भने शरिरमा हेमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल्सको बृद्धी आदी समस्या देखिएको थियो ।
बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। उनको उचाई ५७ सेन्टिमिटर ९२२.०४ इन्च० थियो। उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए। हाल उनी पोखराको सृजनाचोकमा बस्दै आएका थिए।