सीसीटिभी फुटेज सार्वजनिक भएपछि आस्था राउत रुँदै भन्छिन्, ‘म माथि दुर्व्यवहार भएकै हो’

सीसीटिभी फुटेज सार्वजनिक भएपछि आस्था राउत रुँदै भन्छिन्, ‘म माथि दुर्व्यवहार  भएकै हो’

काठमाडौँ, माघ ३ । गायिका आस्था राउतले आफुले सामाजिक संजालमा केही गलत शब्द बोलेको प्रति माफी मागेकी छिन् । शुक्रबार आस्था राउत र विमानस्थलका महिला प्रहरीबिचको विवादको भिडियो सार्वजनिक भएपछि राउतले फेसबुक लाइभमार्फत रुँदै माफी मागेकी हुन् ।

उनले आफुमाथि विमानस्थलमा खटिएकी महिला कर्मचारीले दुव्र्यवहार गरेको दावि समेत गरेकी छिन् । राउतले फेसबुक लाइभमार्फत बिहीबार विमानस्थलमा भएको घटनाको नालिवेली बताएकी हुन् । आफ्नो फ्लाईट २ बजेपछि भनेपछि आफु ढुक्क संग कफीसपमा कफी खाँदै गर्दा निर्धारित समय भन्दा अगाडी नै आफ्नो नाम बोलाइएपछि आफु हतारमा रहेको उनले बताइन् ।

प्रवेशद्धारमा पुग्नुअघि एक्सरे मेसिनमा आफुले झोला राखेको र चेकिङको लागि ढोकामा पुग्दा ती महिला प्रहरीले झर्किएर ज्याकेट खोल्नुस् भनेको उनले बताइन् । यसअघि ज्याकेट खोल्न नपरेकोले त्यस दिन पनि ज्याकेट नखोली चेकजाँच गर्न उनले आग्रह गरेको तर अचानक ति महिला प्रहरीले ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनेपछि आफुलाई असह्य भएको बताएकी छिन् ।

निस्कने बेलामा कफी लिएर नगए झोलामै खत्यादिन्छु भन्दै महिला प्रहरीले अभद्र भाषा प्रयोग गरेको उनले बताईन् । त्यसपछि उनले गाडीभित्र बसेर फेसबुक लाईभमार्फत आक्रोश पोखेकी थिइन् । आफ्नो लाईभ भिडियोमाथि धेरै मानिसहरुले नकारात्मक प्रतिक्रिया दिएको हुनाले घटनाको सत्यतथ्य बुझेर मात्र आफ्नो प्रतिक्रिया दिन समेत आग्रह गरिन् ।

उनले प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन्। ‘ममाथि दुर्व्यवहार भएकै हो। मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्‍यो रु’, उनले प्रश्न गर्दै भनिन्, ‘भगवान साक्षी छन्। तपाईं आफै पनि हेर्नुस्।मान्छे चिनेर कुरा गर्नुहोस् एउटा महिलाले अर्को महिलामाथि त्यस्तो निस्क्रिष्ट कुरा गर्न सक्छ। अति भएपछि मैले मान्छे चिनेर कुरा गर भनेको हो।’

उनले आफ्नो स्वभाव नै त्यस्तो भएकाले त्यहाँ समस्या भएको बताएकी छन्। उनले केही शब्द सम्यमित भएर बोल्न सक्ने अवस्था नरहेको भन्दै उनले माफी मागेकी हुन्।

हेर्नुहोस् भिडियो

विहीबार सामाजिक संजालमा भाईरल भएको उनको भिडियोमाथि प्रहरीले अनुसन्धान थालिसकेको छ । विमानस्थलमा कार्यरत महिला प्रहरीले आस्था राउतमाथि उजुरी दिएपछि प्रहरी प्रधान कार्यलयले सीसीटिभी फुटेज झिकाएर अनुसन्धान गर्न महानगरिय प्रहरी परिसरलाई निर्देशन दिइसकेको छ ।

Trending News