आजदेखि मौसममा क्रमिक सुधार आउने

दियो पोस्ट  

काठमाडौँ, माघ ४ । विहीबारदेखि लगातार खराब रहेको मौसम आजदेखि सुधार आउने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले शनिबारदेखि पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम हुँदै गएको कारण मौसममा सुधार आउने जानकारी दिएको हो ।

महाशाखाले शनिबार विहान जारि गरेको सुचनामा देशभर आंशिकदेखि सामान्य बदली भई एकदुई स्थानमा सामान्य बर्षा र हिमपात भईरहेको जनाइएको छ । दिउँसो पहाड र तराईका केही स्थानमा सामान्य बर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तो छ आइतबार र सोमबारको मौसम पुर्वानुमान

माघ ५ गते (आइतबार)

दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका १÷२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)

दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू–भागका १÷२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू(भागका १–२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।