ए डिभिजन लिगः मनाङसँग थ्रीस्टारले भिड्ने, पुलिसलाई जावलाखेलको चुनौती !

दियो पोस्ट  

काठमाडौँ, माघ ४ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा जावलाखेल थुथ क्लव र नेपाल पुलिस क्लव भिड्ने छन् भने दोस्रो खेलमा थ्री स्टारले मनाङ मस्र्याङदीको सामना गर्नेछ ।

पहिलो खेल मध्यान्ह १२ बजे हुने एन्फाले जनाएको छ । आजको खेलमा जित निकाल्दै तालिकामा सुधार ल्याउने दुबै टिमको लक्ष्य रहेको छ । जावलाखेल ९ अंकसहित पाँचौ स्थानमा रहेको छ । पुलिस ८ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

दोस्रो खेल अपराह्न ३ बजे हुनेछ । दोस्रो खेलमा मनाङ र थ्रीस्टार दुबै टोली जितको खोजीमा हुनेछ । तेस्रो स्थानमा रहेको मनाङ आजको खेल जित्दै तालिकामा सुधार गर्न चाहन्छ ।

पहिलो र दोस्रो स्थानमा रहेको मछिन्द्र र नेपाल आर्मीको समान १३÷१३ अंक रहेको छ भने मनाङ १२ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै १० अंक बटुलेको थ्रीस्टारको १० अंक रहेको छ ।