एमएम कपको उपाधी नेपाल आर्मीलाई, शुसन भारीले लिए ४ विकेट

दियो पोस्ट  

काठमाडौँ , माघ ४ । विभागिय टिम नेपाल आर्मीले इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । शनिबार विभागिय टिम नेपाल पुलिसलाई ८ विकेटले पराजित गर्दै आर्मीले उपाधी उचालेको हो ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४ ओभर ४ बलमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सफल भएपछि उपविजेतामा चित्त बुझाएको हो । लक्ष्य पछ्याउने क्रममा पुलिसका कुशल भुर्तेलले ३१ रन बनाए । त्यस्तै अमित श्रेष्ठले २३ रन बनाए भने अनिल साहले २१ रन बनाए ।

पुलिसलाई सस्तो रनमा समेट्नका लागि आर्मीका सुसन भारी एक्लैले ४ विकेट लिए । त्यस्तै शहब आलम ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए । बलिङमा विक्रम शवले एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बल खेल्दै १ सय ८४ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रन बनाए । ६६ बल खेलेका उनले ४ चौका प्रहार गरे । त्यस्तै राजेश पुलामीले ३१ रन बनाउँदा राजु रिजालले २२ रन बनाए । बिक्रम सबले १५ रन बनाए भने कुशल मल्लले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ११ रन बनाए । आर्मीका निकै उत्कृष्ठ ब्याट्सम्यान भीम सार्कीले फाइनल खेलमा ७ रन मात्र बनाए ।

बलिङतर्फ पुलिसका दिपेन्द्र सिंह ऐरि, ललित राजवंशी र सागर ढकालले समान तीन÷तीन विकेट बनाए भने पवन सर्राफले एक विकेट लिए ।

प्रतियोगिताको विजेता बनेको आर्मीले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । उप विजेता बनेको पुलिसले २ लाख ५ हजार प्राप्त गरेको छ ।