सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा, समुहमा बस्न नपाईने

दियो पोस्ट  

काठमाडौँ, माघ ४ । सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेधाज्ञा जारि गरिएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारि गरेको हो ।

शुक्रबार बाह्रबिसे नगरपालिकाको वडा न. ४ मा सरकारी जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा भत्काएपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनिहरुले बजार क्षेत्रमा नारा जुलुस गरि नगरपालिकाको कार्यलयमा तालाबन्दी र तोडफोड समेत गरेका थिए ।

स्थानीयहरुले हुलदंगा गर्न थालेपछि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।आइतबार विहान ८ बजे देखि बेलुका ५ बजे सम्म अर्को व्यवस्था नभएसम्मका लागि उल्लेखित चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ ।

पूर्वमा बाह्रविसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमा भोटेकोशी खोला (पुल राम्चे), उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४, दक्षिणमा बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोशी चोक मा निषेधाज्ञा जारि भएको जारि सुचनामा उल्लेख गरिएको छ ।