काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार आइपुगेका छन् । सभामुख चयनको बिषयमा सहमती खोज्नका लागि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निवासमा आइपुगेका हुन् ।
दुई अध्यक्षबिच बिहान नौ बजेदेखि छलफल शुरु भएको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा नगर्दा पार्टी नेतृत्व तहलाई सभामुख चयन गर्न थप सकस परेको हो । गत बिहीबार र शुक्रबार दुई अध्यक्षबिच छलफल भएतापनी निष्कर्ष आउन सकेको थिएन ।
सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् ।