बिराटनगर, माघ ५ । प्रदेश १ को मन्त्रीपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईले ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास राज्यमन्त्रीमा नियुक्त भएका हुन् । गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।
प्रदेश १ मा सात वटा मन्त्रालय छन् । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।