दलित पत्रकार संघ ‘बाँके’ गठन, रुपा गहतराज अध्यक्षमा चयन !

दियो पोस्ट  

बांके । राष्ट्रिय दलित पत्रकार संघ बाँके जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा रुपा गहतराज सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार नेपालगन्जमा गरिएको बाँके जिल्ला भेलाले गहतराजसको अध्यक्षतामा १२ सदस्यीय समीति गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा भीम नेपाली, सचिवमा कविन्द्र परियार, कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा र सह सचिवमा कुशल दलामी चयत भएका छन्। सदस्यमा सपना परियार, अनिता विक, पवित्रा परियार, कल्पना नेपाली, तुलविर विक, निर्मला विक र लक्ष्मी सुनार छन्। सल्लाहकारमा पुजन विश्वकर्मा, शिवकुमार सुनार र तिलक नेपाली चयन भएका छन्।

संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारको राष्ट्रिय रुपमा संगठन गर्न जिल्ला र प्रदेशमा समिति गठन गर्ने अभियानमा लागेको बताए। हाल सम्म ३९ वटा जिल्लामा समिति गठन भइसकेको उनले सुनाए।

‘दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र संगठित भइ दलितका मुद्दा उठान गराउन संगठन जरुरी रहेछ,’ उनले भने,‘दलितका विषयमा लेख्ने पत्रकारलाई प्रोत्साहन गर्न विभिन्न पुरस्कार समेत घोषणा गरिएकोछ।’