अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालय वैठकको निर्णय

अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालय वैठकको निर्णय

काठमाडौँ, माघ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको लागि अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख चयनमा चार महिनाको रस्साकस्सीपछि नेकपा भित्र सहमती जुटेको हो । यसअघि आइतबार बिहान नै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सापकोटालाई नै सभामुखको उम्मेदवार बनाउने सहमती जुटेको हो ।

दुई अध्यक्ष बिच सहमती जुटेपछि नेकपाले अग्नी सापकोटालाई सभामुख बनाउने औपचारिक निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले पुर्व सभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउनुपर्ने अडान लिँदै आएका थिए । उपसभामुख शिवमाया तुम्बाहाङफे समेत उपसभामुखबाट राजिनामा गरेर सभामुखम उम्मेदवारी दिने अडान राख्दै आएकी थिईन् ।

तात्कालिन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकी कर्मचारीमाथि जवरजस्तीकरणीको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका थिए । महराको राजिनामा पछि रिक्त रहेको सभामुखको पदका लागि नेकपाभित्र सहमती जुट्न निकै कठिन देखिएपनि आइतबार सहमती जुटेको हो ।

सभामुख नभएपछि प्रतिनिधि सभाको वैठकसमेत पटकपटक सुचना टाँस गरेर स्थागित गरिएको थियो ।

Trending News