काठमाण्डौ । अन्तत उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गरेकी हुन् ।
शिवमायाले १३ बुँदे सम्बोधन मार्फत भनेकी छिन्, ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’ उनले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न चेतावनी दिएकी छन् ।
तुम्बाहाङफेले लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन् ।
सम्बोधनका क्रममा उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिइन् ।
‘तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुदैन । धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु