नेकपामा आचारसंहिताः नेता कार्यकर्तालाई सादा जीवन उच्च बिचार अपनाउन उर्दी

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले कार्यकर्ताहरुमाझ ११ बुँदै आचारसंहिता जारि गरेको छ । पार्टी केन्द्रीय समितिले जारि गरेको आचारसंहितामा परिवारमा बस्दा देखि पार्टीले गर्ने हरेक कृयाकलापमा कस्तो ब्यवहार गर्ने भन्ने बारेमा खुलाइएको छ ।

नेकपाका नेता कार्यकर्ताहरुले सादा जीवन उच्च बिचार अपनाउनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ । बिबाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा अनावश्यक खर्च कम गराउन को लागि यस्ता कार्यक्रमहरु परिवार र आफन्तले मात्र मनाउनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

घरपरिवारमा समेत सौहार्दता र मानमर्यादालाई कायम गर्नुपर्ने उल्लेख गरिएको छ । परिवारमा समेत कसैलाई पनि तँ भनेर सम्बोधन गर्न नपाईने उल्लेख गरिएको छ । ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा उल्लेख छ।

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचार संहितामा उल्लेख छ । त्यस्तै महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । ‘यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै नेकपाले भनेको छ, मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्दछ ।’ आचारसंहितामा उल्लेख गरिएको छ ।

यस्तो छ नेकपाले जारि गरेको आचारसंहिता