सभामुखमा काँग्रेसले उम्मेदवारी नदिने

दियो पोस्ट  

काठमाडौँ, माघ ६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखको लागि उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सभामुखको उम्मेदवार दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ । नेकपाले तोकेको उम्मेदवारलाई नै काँग्रेसले स्वीकार गर्ने निर्णय सहित आफ्नो उम्मेदवार दर्ता नगर्ने निर्णय गरेको हो ।

सभामुख पद आफैमा तटस्थ रहनुपर्ने भएकाले पनि पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको काँग्रेसका एक नेताले बताएका छन् ।