काठमाडौँ, माघ ८ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिक्ति महानिरिक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक समारोहका बिच सिंहलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा। सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।