काठमाडौँ । सरकारले जर्मनीको बोल शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ ।
बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारको निर्णय बारे जानकारी दिएका हुन । हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपालको सो भवनको मूल्य निर्धारण गरी बोल कबोलमा मोल बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।
मन्त्री बास्कोटाले तिब्बतमा बर्षौदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय गरेको जानकारी दिए । पहिले ४० जना त्यस्ता व्यक्ति रहेकोमा अहिले ३८ जना रहेको उनले बताए ।