नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित

दियो पोस्ट  

काठमाडौं, माघ ९ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा ३४ सय ६२ मत पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतले पराजित गर्दै उनि निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मत पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।