महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, माघ ९ । कञ्चनपुरको महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । महेन्द्रनगरको बसपार्क स्थित चमन चोकमा से १ क ८८७ नम्बरको टिप्परको ठक्करबाट युवतीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

युवतीको परिचय खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछी बसपार्क चम्मन चोकमा तनावग्रस्त बनेको छ। ठक्कर दिने टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धा गरिरहेको प्रहरीले जनाएको छ ।

सिफारिस