दीपक मनाङ्गेको कुटाइ खाने मिलन गुरुङ ठगी मुद्धामा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ १० । सांसद दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने मिलन गुरुङ पक्राउ परेका छन् । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन पोखराको गैह्रपाटनबाट पक्राउ परेका हुन् ।

उनलाई चेक बाउन्स र धाकधम्की दिएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । मिलनबिरुद्ध ओम गौरा जोस्टेलका संचालक हरिभक्त आचार्यले उजुरी गरेका थिए ।

कास्की प्रहरीले बिहीबार राति सांसद मनाङ्गेलाई पक्राउ गरेको थियो । उनिबिरुद्ध एन्फा कास्कि जिल्ला अध्यक्ष मिलन गुरुङले नै उजुरी दिएका थिए ।

मुख्यमन्त्री कप उद्घाटन गर्न पुगेका मनाङ्गेले मिलनमाथि कुटपीट गरेका थिए । मनाङ्गेले पत्रकार सम्मेलन गरेर नै आफुले मिलनमाथि हात उठाएको स्वीकार समेत गरिसकेका छन् ।