चीनमा ६ दिनमा एक हजार शैय्याको अस्पताल निर्माण कसरी सम्भव ?

दियो पोस्ट  

बीबीसी । कोरोनाभाइरस संक्रमितका लागि मात्र भनेरे चिन सरकारले ६ दिनको अवधीमा ठुलो अस्पताल बनाइसक्ने परियेजना अगाडी बढाइसकेको छ । विभिन्न क्षेत्रमा ८ सय ३० जनाभन्दा बढी संक्रमितहरुको उपचारका लागि मात्र उक्त अस्पताल निर्माण कार्य अघि बढाइएको हो ।

वुहान शहरमा संक्रमित व्यक्तिहरुको भीड लागेको र औषधी पसलहरुमा पनि औषधी सक्किन थालेपछि त्यहाँका सर्वसाधारणहरुमा आतंक फैलिएको हो । सरकारले कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि बनाउन लागेको उक्त अस्पताल एक हजार शैय्याको हुने बताइएको छ ।

चिनियाँ संचारमाध्यमहरुले प्रकाशित गरेको भिडियो समाचारका अनुसार उक्त अस्पताल २५ हजार बर्ग मीटर क्षेत्रफलमा निर्माण हुन लागेको छ । कार्यस्थलमा करिब ४५ वटा डोजर र स्काभेटरहरुले काम गरिरहेका छन् ।

त्यति ठुलो परियोजना चिन सरकारले कसरि त्यति चाँडै बनाउन सक्छ भन्ने प्रश्न उठिरहेको पनि छ । त्यसो त चिनले यसअघि पनि निकै कम समयमा ठुलाठुला भवनहरु निर्माण गरेको तथ्यांक छ । चीनमा यसअघि पनि एक अस्पताल ७ दिनभित्र निर्माण गरिएको थियो । हाल बन्न लागेको अस्पतालको भवनले त्यसको पनि रेकर्ड तोडेको हो ।

तोकेको अवधीमै भवन निर्माण सम्पन्न गर्नका लागि चिनका विभिन्न प्रान्तबाट इन्जियरहरु ल्याइँदै गरिएको पनि चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । भवन निर्माणका लागि आवश्यक उपकरणहरु भौतिक पुर्वाधारहरु समेत खडा भइसकेका छन् । भवन निर्माण स्थलमा कामदार र मेसिनहरुबाट धमाधम काम शुरु भएका छन् ।

चिनले यसअघि सात दिनको अवधीमा जियाओट्याङशन अस्पताल निर्माण गरिसकको छ । सन् २००३ मा सार्स भाइरसले प्रकोपको रुप लिएपछि सो भाइरसबाट संक्रमित बिरामीहरुको उपचारका लागि उक्त अस्पताल निकै छोटो अवधीमा निर्माण सम्पन्न भएको थियो ।

चाइना डटकमका अनुसार सो अस्पताल निर्माणका लागि दैनिक ४ हजार भन्दा बढी कामदारहरुले दिनरात काम गर्ने र सैयौँको संख्यामा मेसिन र उपकरणहरुको प्रयोग गरिएको थियो । सो अस्पतालमा एक्स–रे कोठा, सघन उपचार कक्ष र प्रयोगशाला थियो भने हरेक वार्डमा एकएक शौचालय राखिएको थियो ।

निर्माण सम्पन्न भएको दुई महिनाभित्रै अस्पतालले लाखौँ विरामीको उपचार गरेको थियो । स्वास्थ्य मन्त्रालयले पनि अन्य अस्पतालमा काम गरिरहेको डाक्टर र नर्सहरुलाई सो अस्पतालमा गएर उपचारमा सहभागी हुनका लागि निर्देशन दिएको थियो । प्रकोप समाप्त भएपछि उक्त अस्पताल बेबारिसे अवस्थामा खाली छोडिएको छ ।