
काठमाडौँ, माघ १२ । चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । उनिहरुको परिचय भने खुलाइएको छैन । दुबै जना चीनबाट फर्किएपछि परिक्षणाका लागि आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।
दुई जनामध्य एक २८ बर्षीय पुरुष रहेका छन् भने अर्का ४८ बर्षकी महिला रहेका छन् । उनिहरुलाई अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार गराइएको छ । उनिहरुको नमुना परिक्षणका लागि हङकङ पुर्याइएको र केही दिनपछि रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने अस्पतालले जनाएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले एक जना नेपालीमा कोरोना भाइरस भेटिएको तथ्य सार्वजनिक गरेको थियो । तर उनलाई केही दिनमै सामान्य अवस्थामा घर फर्काइएको थियो । मन्त्रालयले प्रत्येक प्रदेशका ठुला अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।