कैलाली । धनगढी उपमहानगरपालीका गोदावरी नगरपालिका वडा नम्बर-१० का वडा अध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई वडा नं. ३ को मिलन चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुबाट २२ लाख ८२ हजार नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । वडा अध्यक्ष शाही नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
पक्राउ पर्नेहरुमा कैलाली जिल्ला गोदावरी नगर पालिका, वडा नं १० बस्ने बर्ष २८ को रबिन्द्र शाही, कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका-३ का ३४ वार्षिय धिरेन्द्र चन्द, कन्चनपुर वेलौरीका ३४ वर्षिय भुवन कुवर, कैलाली जिल्ला धनगढी उप महानगर पालिका-३ बस्ने वार्ष ३८ का तिलक अधिकारी, रमेश खड्का, खेम राज भट्ट, जनक दौल्याल, सन्देष तामाङ्, मोहन खड्का, अमित गुरुङ, बझाङ जयपृथ्बी नगरपालिका, वडा नं. १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथ चन्द नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० का सुर्य भट्ट रहेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा पुर्चौडी ८ का ५० वर्षिय कालु सिंह धामी, धनगढी उप महानगर पालिका ३ बस्ने चन्द्र मणि अधिकारी, दार्चुला नौगाड गाउँ पालिका, वडा नं ४ बस्ने बर्ष ३३ का जय सिंह धामी र महाकाली नगर पालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्ना रहेका छन् ।