आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमती

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ १३ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँले गायिका राउतलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको हो ।

अभद्र व्यवहार सम्बन्धी उजुरीमा पक्राउ पुर्जी जारि भएपछि गायिका आस्था राउत सोमबार बिहान महानगरिय प्रहरी परिसर टेकुमा उपस्थित भई आत्मसमर्पण गरेकी थिईन् । त्यसपछि उनिसँग प्रहरीले वयान लिएको थियो । प्रहरीले वयानपछि सामान्य स्वास्थ्य परिक्षण गराएर सरकारी वकिल कार्यलय पुर्याएको थियो । सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

सोही अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौँले प्रहरीलाई उक्त अनुमती दिएको हो । गायिका राउतले कानुनमा उल्लेख गरिएको सजाय भोग्न तयार रहेको बताएकी थिईन् ।

केही दिनअघि विमानस्थलमा महिला प्रहरी र गायिका राउतबिच भनाभन भएपछि सामाजिक संजालमार्फत गायिका राउतले भिडियो सार्वजनिक गर्दै प्रहरी संगठन लाई गाली गरेकी थिईन् । महिला प्रहरीकै उजुरीको आधारमा गायिका राउतबिरुद्ध पक्राउ पुर्जी जारि भएको थियो ।