रुपन्देहीको रोहिणीमा ट्रक जुध्दा १२ जना घाइते

दियो पोस्ट  

काठमाडौँ, माघ १४ । रुपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा दुई ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । भैरहवा–परासी सडकखण्डमा ना २ ख ८४८१ र लु १ ख ६७४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी घाइते १२ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र अन्य घाइतेको भीम अस्पतालमा उपचारका लागि पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ ।