सभामुखलाई प्रधानमन्त्रीको शुभकामना, एमसीसी अनुमोदन गर्न सु्झाव

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नव निर्वाचित सभामुख अग्नी प्रसाद सापकोटालाई शुभकामना दिएका छन् । सभामुख सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनु सुझाव दिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता समेत रहेका ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गर्दै उनले अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’

यस्ता अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड दिए । उनले सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिए ।

सिफारिस