काठमाडौँ, माघ १४ । गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यलय काठमाडौँले गायिका राउतलाई ४ हजार धरौटी तिरेर रिहा गर्न आदेश दिएको हो ।
विमानस्थलको महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ परेकी गायिका राउतलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छोड्न आदेश गरेका हुन् ।
जिल्ला प्रशासन कार्यलयले आस्था राउतबिरुद्ध पक्राउ पुर्जी जारि गरेपछि आइतबार गायिका राउत महानगरिय प्रहरी परिसर टेकुमा उपस्थित भएकी थिईन् । प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
उनलाई जिल्ला प्रशासन कार्यलय काठमाडौँले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाइ अनुमती दिएको थियो ।
हिरासतमा रहँदा सोमबार राति नै गायिका राउतको स्वास्थ्यमा खराबी आएको भन्दै उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुर्याइएको थियो । मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यलय काठमाडौँले गायिका राउतलाई धरौटीमा रिहा गरेको हो ।
गत माघ १ गते गायिका आस्था राउत र विमानस्थलमा कार्यरत महिला प्रहरीबिच भनाभन भएको थियो । भनाभन पछि गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरी संगठन माथि नै प्रश्न गरेकी थिईन् । उनले प्रहरी संगठनको तल्लो तहका कर्मचारीहरुलाई संस्कार सिकाउन माथिल्लो दर्जाका प्रहरी अधिकारीहरुलाई आक्रोशपुर्वक आग्रह गरेकी थिईन् । विमानस्थलमा खटिएकी महिला प्रहरीलाई समेत फेसबुक लाइभमार्फत गाली गरेकी थिईन् ।
आफुलाई गाली गरेपछि महिला प्रहरीले आस्था बिरुद्ध उजुरी दर्ता गराएकी थिईन् । उजुरी दर्ता भएपछि जिल्ला प्रशासन कार्यलय काठमाडौँले आस्थाबिरुद्ध पक्राउ पुर्जी जारि गरेको थियो । त्यसपछि गायिका राउत महानगरिय प्रहरी परिसर गई आत्मसमर्पण गरेकी थिईन् । उनले कानुनअनुसार सजाय भोग्न तयार रहेको भन्दै प्रहरी कार्यलय उपस्थित भएकी थिईन् ।