बर्दियामा गोली चल्यो, विप्लवका जिल्ला जनपरिषद् अध्यक्ष र डिसिएम पक्राउ !

दियो पोस्ट  

बर्दिया, माघ १४ । बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा गोली चलेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बर्दियाका जिल्ला नेतालाई पक्राउ गर्न जाँदा प्रहरीले बोकेको गोली चलेको हो । आफैले बोकेको गोली पड्किँदा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका छन् ।

विप्लवका जिल्ला तहका नेतालाई पक्राउ गर्ने क्रममा घम्साघम्सी भई गोली चलेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । आफै चलेको गोली प्रहरी जवान चौधरीको तिघ्रामा लागेको थियो ।

घम्साघम्सी भएपनि प्रहरीले विप्लवका बर्दिया जिल्ला जनपरिषद अध्यक्ष जयबहादुर ठाडामगर र डिसिएम रोहित सुनारलाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले पक्राउ परेका दुई जनाबाट विविध हातहतियार र पर्चा बरामद गरेको छ ।

घाइते भएका प्रहरी जवान चौधरीको भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ ।

TATA ADD