निवर्तमान उपसभामुख तुम्बाहाङ्फे नेकपा केन्द्रिय सदस्यमा मनोनित

दियो पोस्ट  

काठमाडौं, माघ १५ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । । मंगलबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

तुम्बाहाङ्फेले उपसभामुख निर्वाचित भएपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू हुन लागेको केन्द्रीय समिति बैठकमा उनी सहभागी हुनेछिन्।

एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक व्यवस्थाअनुसार उनले उपसभामुख पद छोड्नु परेको थियो।

पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन्। एकीकरण भएर नेकपा बन्नु अघि उनी एमालेकी केन्द्रीय सदस्य थिइन्।