काठमाडौँ, माघ १६ । ललितपुरको फिट एण्ड फाइन एरोबिक फिटनेस सेन्टरमा साउना नुहाउन पुगेका एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति ललितपुर महानगरपालिका–१५ तिखेदेबलका हस्त गर्बुजा मगर र नेत्रकुमारीको नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार जिम सकेर उनिहरु साउना वाथ लिन गएका थिए । धेरै समयसम्म पनि ननिस्किएपछि खोजी गर्दा वाथरुमभित्र बेहोस भेटिएका थिए । तत्काल पाटन अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक हस्त गर्बुजा मगर पुर्वमन्त्री थममाया थापाका स्वकिय सचिव हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।