काठमाडौँ, माघ १७ । गृह मन्त्रालयले नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक शौरभ शमशेर राणालाई निलम्वित गरेको छ । यौन हिंसाको आरो लागेपछि संघीय प्रहरी इकाई कार्यलय धरानमा कार्यरत एसएसपी राणालाई निलम्वन गरेको हो ।
एकजना विवाहीत महिलाले एसएसपी राणाबिरुद्ध उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई निलम्वन गरेको प्रहरी हेडक्वाटरले जनाएको छ ।
बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै उनिबिरुद्ध लागेको आरोपको छानविनका लागि निलम्वन गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।