चम्पादेवी गाउँपालिकाद्वारा खेलकुद प्रतियोगिता आयोजना, विजयी खेलाडीलाई आकर्षक पुरस्कार

- युवराज पहाडी  

ओखलढ्ंगा । ओखलढुङगाको चम्पादेवी गाउपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने वृहत खेलकुद प्रतियोगिताको आयोजना गाउपालिका स्वंमले आयोजना गर्न लागेको हो । खेल प्रतियोगिता चम्पादेवी गाउँपालिका–९ डलिडाँडाको खेलमैदानमा हुने छ ।

आगामी फागुन १९ देखी २२ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा हुने खेलहरु भलिबल, सय मिटर दौड, घोडा दोड, गोरु जुधाइलगायतका रहेका छन् । अन्त्यमा उक्त प्रतियोगितामा विजयीहरुलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद सुवेदीले जानकारी दिए ।

साथै गाउँपालिकाका प्रवक्ता सुजन पौडेलका अनुसार उक्त प्रतियोगितामा भलिबल र घोडा दौडमा जिल्लाका इच्छुक सबै खेलाडीहरुका लागि पत्राचार गरिएको छ ।
प्रत्येक टिम दर्ताको शुल्क: ५ हजार ५५० रहेको छ ।

कसलाई कति पुरस्कार ?
प्रथमः २ लाख रुपैयाँसहित प्रमाण पत्र
द्धितीयः १ लाख ५० हजारसहित प्रमाण पत्र
तृतीयः १ लाखसहित प्रमाण पत्र
सान्त्वनाः ४० हजारसहित प्रमाण पत्र

सर्वाेउत्कृष्ट खेलाडीः ७ हजार
वेस्ट स्पाईकरः ५ हजार
वेस्ट ब्लकरः ५ हजार
वेस्ट लिब्ब्रोः ५ हजार
वेस्ट सेन्टरः ५ हजार