अर्घाखाँचीमा जीप दुर्घटनाः २ महिलाको मृत्यु, आमाछोरा घाइते

दियोपोस्ट संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा आज बिहान जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा सडकबाट खस्दा दुई महिलाको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।

दुर्घटनामा सन्धिखर्क नगरपालिका–३, छापडाँडा बस्ने वर्ष ४२ की देमकला आचार्य र भूमिकास्थान नगरपालिका–२ मूलट्यांकी बस्ने वर्ष ३५ की देवा बेल्बासेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले नेपालखबरलाई जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा बिहान सवा १० बजेपछि मृत्यु भएको उनले बताए।

दुर्घटनामा अर्का २ जना घाइते भएका छन्। अर्घाखाँचीको पाणिनी गाँउपालिका–१, पणेना बस्ने वर्ष २६ की कोपिला पोख्रेल खनाल र उनका छोरा ३ महिनाका सर्भिक पोख्रेल घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ढाकावाङबाट सन्धिखर्कतर्फ आउने क्रममा अर्घाखाँची भूमिकास्थान नगरपालिका–२, पिपलरुखस्थित प्युठान–सन्धिखर्क सडकबाट देउराली यातायातको लु.१ ज. १६७९ नं.को जिप अन्दाजी १५० मिटर तल खसेको हो।

सम्बन्धित खबर

सिफारिस